Online Bichar
आइतबार, आषाढ १०, २०८१ | Sunday, June 23, 2024

झापा, १६ वैशाख २०८० । कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ भने, आज ५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट २ सय ५ र एन्टीजेन परिक्षणबाट १ हजार ३३ जनामा गरि १ हजार २ सय ३८ जनामा नमुना परिक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ । जसमा पीसीआर बाट २२ र एन्टीजेन बाट २९ गरि ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज ३५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ६१ पुगेको जनाइएको छ । यस्तै, आज १७ हजार ९८ जनाले कोरोनाको खोप लगाएका छन् । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २७ पुगेको छ भने, आई।सि।युमा रहनेको संख्या ८ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया