झापा, १५ वैशाख २०८० । देशभर पछिल्लो २४ घण्टामा १ सय ३ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट ५० जना र एन्टीजेन बाट ५३ जना गरि १ सय ३ जना संक्रमित थप भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ६ सय २७ र एन्टीजेन परिक्षणबाट १ हजार २ सय ९८ जना गरि १ हजार ९ सय २५ जनामा नमुना परिक्षण गर्दा १ सय ३ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।
आज ५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ७५ पुगेको जनाइएको छ । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २६ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या ८ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।