Online Bichar
मंगलबार, आश्विन ०९, २०८० | Tuesday, September 26, 2023

काठमाडौं, १४ वैशाख २०८० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।

यसवर्ष पनि डेंगुका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो।

मन्त्रालयले बिहीबार पत्र जारी गर्दै डेंगु संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आ(आफ्नो ठाँउबाट सहजीकरण र समवन्य गर्न आग्रह गरेको छ।

गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्याधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले सरसरफाई अभियान सञ्चालन गर्न भनेको हो ।

 

तपाईको प्रतिक्रिया