Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १४ वैशाख २०८० । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । बुधबार पनि कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ सय ११ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १ हजार ४० र एन्टीजेन परिक्षणबाट १ हजार ४ सय ७७ जनामा गरि २ हजार ५ सय १७ जनामा नमुना परिक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ । जसमा पीसीआर बाट ७८ र एन्टीजेन बाट ३३ गरि १ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज ६० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ७८ पुगेको जनाइएको छ । यस्तै, आज १३ हजार ९ सय ७८ जनाले कोरोनाको खोप लगाएका छन् । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या १८ पुगेको छ भने, आई।सि।युमा रहनेको संख्या ६ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया