Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ७ फागुन २०७९ । झापामा अवैध सामान सहित झापाको कमल गाउँपालिका–३ र दमक नगरपालिका–६ ट्याक्सी स्टेण्डबाट अवैध कपडासहित दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमल गाउँपालिका–३ केर्खास्थित पूर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक देवानन्द मिश्रको कमान्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पश्चिम तर्फ आउँदै गरेको मे १ज २८०४ नम्बरको पिकअप गाडीमा अवैध रुपमा ल्याउँदै गरेको करिब १४ लाख ८० हजार ७ सय ७८ रुपैयाँ मुल्य बराबरको विभिन्न किसिमका सारी लगायतको कपडाहरू बरामद गरेको थियो ।

त्यसैगरी सोही टोलीले दमक–६ स्थित ट्याक्सी स्टेण्डमा प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा करिब ६ लाख ६१ हजार ७ सय ४१ रुपैयाँ मुल्य बराबरको विभिन्न किसिमका सारी लगायतको कपडाहरू बरामद गरेको हो ।

अवैध कपडा बरामद भए सँगै नियन्त्रणमा लिइएका मे १ज २८०४ नम्बरको पिकअप, चालक हल्दीबारी–२ झापाका २४ वर्षीय जनक कर्मकार र प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप, चालक भद्रपुर–५ का ३२ वर्षीय अनिल विकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया