Online Bichar
मंगलबार, आषाढ ०५, २०८१ | Tuesday, June 18, 2024

झापा, १८ माघ २०७९ । झापाको दमकबाट लागू औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बुधबार(आज) दिउँसो १ बजे दमक नगरपालिका-२ नयाँ आम्दा खरखरेमा प्र १–०२–०४८प ६६५७,ज १२ प ५५५७ नम्बरको मोटरसाइकल र को २८ प ३१४६ नम्बरको स्कुटर रोकी राखेको अवस्थामा दमक नगरपालिका- ८ शान्ति टोल बस्ने ३७ वर्षीय तेजकुमार खवास, वडा नम्बर २ बस्ने ३५वर्षीय सुनिल श्रेष्ठ र सोही ठाउँ बस्ने २२ वर्षीय विजय धिमाललाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट १९ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

यस्तै, उनिहरुको साथबाट मोबाइल ४ थान , नगद ९७ हजार ६ सय, मोटरसाइकल र स्कुटरसहित नियन्त्रणमा लिई उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया