Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

गौरादह, ८ असोज २०७९ । झापामा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा चालक २ जनाको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार १ जना घाइते भएका छन् ।

हिंजो(शुक्रबार) अन्दाजी ११ः२५ बजेको समयमा मेचिनगर नगरपालिका-१२ पिपल डाँगी स्थित मेचि राजमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र.१०१०१४ प ३३५० को नं. को मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्र.१०१०१४ प २६७८ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

घाइते ३ जनालाई बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको लागि लगिएकोमा प्र.१-०१-०१४ प ३३५० को नं. को मोटरसाइकल चालक कन्काई नगरपालिका-४ का ३८ वर्षिय कृष्ण प्रसाद सिग्देल र प्र.१-०१-०१४ प २६७८ नं. को मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ का ४५ वर्षिय विष्णु थापाको उपचारको क्रममा आज(शनिबार)बिहान १ः३५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । मृतक सिग्देलको मोटरसाइकल पछाडि सवार सोही ठाउँका ५३ वर्षिय राम बहादुर अधिकारीको उपचार भइरहेको जनाइएको छ । दुवै मोटरसाइकल प्रहरी चौकी चारआलिको नियन्त्रणमा रहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया