Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

शान्ति सुब्बा

गौरादह, १ जेठ २०७९ । झापाको गौरादह नगरपालिका-१ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार नगेन्द्र भण्डारी सहित प्यानल नै विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार ईन्द्र गौतमलाई पराजित गर्दै भण्डारी वडाध्यक्षमा पुनः निर्वाचित हुनु भएको हो । भण्डारी २०७४ सालमा पनि वडाध्यक्षमा नै विजयी हुनु भएको थियो ।

१ हजार ९ सय ९३ मत ल्याएर भण्डारी वडाध्यक्षमा निर्वाचित हुनु भएको छ भने, भण्डारीका निकट्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ईन्द्र गौतमले १ हजार ७ सय ३१ मत ल्याउनुभएको निर्वाचन आयोगका अधिकृत विदुर कार्कीले जानकारी दिनुभयो ।

यस्तैगरि, गौरादह नगरपालिका-१ को मतगणना सम्पन्न भइसक्दा नगर प्रमुख पदमा एमाले नै अघि रहेको छ । एमालेका नगर प्रमुख पदका उम्मेदवार छत्रपति सुवेदीले १ हजार ९ सय ५६ मत प्राप्त गर्नुभएको छ भने, नेपाली काँग्रेसका रोहित कुमार शाहले १ हजार ७ सय २८ मतले पछ्याईरहनुभएको छ । त्यस्तै, उपप्रमुख पदमा पनि एमाले नै अघि रहेको छ । एमाले बाट उपप्रमुखमा उम्मेदवार हुनुभएकी जलवर्षा राजवंशीले १ हजार ८ सय ३७ मत प्राप्त गर्दा अर्का हँसिया हथौडा(गठबन्धन)बाट पुष्प लाल ढकालले १ हजार ४ सय ८८ मतका साथ पछयाइ रहनुभएको छ ।

यस्तै, महिला सदस्यमा अञ्जु निरौलाले २ हजार ८ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने, दलित महिला सदस्यमा लक्ष्मी वि.क.ले २ हजार ९ प्राप्त गरि निर्वाचित हुनुभएको छ । खुल्ला सदस्यमा केशर बहादुर खवासले १ हजार ९ सय ७७ र जमुन राईले १ हजार ९ सय ६४ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया