Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठ्माडौं, ६ पुस २०७८ । नेपालका अस्पतालहरूले पनि अब विशिष्टिकृत चिकित्सक उत्पादन गर्न पाउने भएका छन् । यसअघि विश्वविद्यालय र प्रतिष्ठानहरूबाट मान्यता पाएका संस्थाहरूले मात्र यो कार्यक्रम सञ्चालन गरिहेको थियो ।

सुविधा सम्पन्न अस्पतालले विशिष्टिकृत विशेषज्ञ उत्पादन गराउन सक्ने भन्दै अस्पताललाई प्राज्ञिक स्वीकृति दिइएको छ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहपछिको अध्ययनका लागि पहिलो चरणमा ४ अस्पतालमा ७ सिट छुट्टाइएको छ ।

जसमा चितवनस्थित वीपी कोइलारा क्यान्सर अस्पतालले क्यान्सरको उपचार गर्ने २ चिकित्सक, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालमा न्यूरो सर्जरीको २, मेडिसिटी अस्पतालले न्यूरो सर्जरी र जीआई सर्जरीमा २ सिट र ह्याम्स अस्पतालले क्रिटिकल केयरमा १ चिकित्सक उत्पादन गर्न पाउने छन् ।

आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरी, चिकित्सा शिक्षा ऐनअन्तर्गत नै अस्पतालहरूलाई दक्ष चिकित्सक उत्पादन गराउन दिने निर्णय गरिएको बताउनुहुन्छ ।

आयोगको संलग्नतामा पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन र प्रमाणपत्र दिने कामसँगै पठनपाठनको निगरानी हुनेछ । ३ वर्षे पूर्ण छात्रवृत्तिको अध्ययनका लागि आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाबाट मेरिट लिष्टअनुसार चिकित्सकहरूले अस्पताल छनोट गर्न पाउने छन् ।

अस्पतालहरूले तोकिएको पारिश्रमिक प्रदान गरेरै चिकित्सकलाई पठ्नपाठन गराउनुपर्नेछ । उपाध्यक्ष डा।गिरी अस्पताललाई सम्बन्धन दिएको नभइ त्यसको प्राज्ञिक क्षेत्रलाई मान्यता दिएको प्रष्ट पार्नुहुन्छ ।

दक्ष चिकित्सक उत्पादन गर्न अस्पतालहरूकै अग्रसरतामा दिएको स्वीकृति आगामी वर्षमा बढाउँदै जाने आयोगले जनाएको छ । आगामी शैक्षिक सत्रदेखि स्नाकोत्तरतहमा समेत यो कार्यक्रम लागू गराउने उपाध्यक्ष डाक्टर गिरीको भनाइ छ ।
थपिएको ७ सिटसहित विश्वविद्यालय र प्रतिष्ठान र अस्पतालले वर्षेनी ९० जना विशिष्टिकृत विशेषज्ञ उत्पादन गर्नेछन् ।ईमेजखबरबाट साभाार

तपाईको प्रतिक्रिया