Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, २७ मंसिर २०७८ । गौरादह-१ स्थित जानकिस्वर शिवालय मन्दिर परिसरमा जेष्ठ नागरिक सभाकक्ष निर्माण हुने भएको छ। जेष्ठ नागिकहरुलाई दिवा समयमा बसेर भजन कृतन गर्नका लागि निर्माण गरिने भवनको सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। मंसिरमा संचालन गरिएको शिव महापुराणका अध्यक्ष लक्ष्मीप्रसाद दुलालले भवनको शिलान्यास गरेका हुन।

आचार्य पंडित कृष्णप्रसाद सुबेदीको पाठ परायण तथा ब्राह्मण बिधिबाट गरिएको शिलान्यास कार्यक्रममा मन्दिरका पदाधिकारी तथा जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो।जेष्ठ नागरिक संघ भजन कृतन समुहको भजन कृतन गर्नका लागि निर्माण गरिने भवन २४ फुट लम्बाइ र २३ फुट चौडाइको छत धलान गरि निर्माण गरिने मन्दिर व्यवस्थापन समितिका महा सचिब देबेन्द्र कुमार खड्काले जानकारी गराए।भवन निर्माणका लागि अनुमानित रकम १० लाख लाग्ने अनुमान गरिएको भवन करिब ३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको महा सचिब खड्काले बताए।

जेष्ठ नागरिक सँग संचालन गरिएको पुराणबाट संकलित रकम ८ लाखबाट भवन निर्माण गर्न सुरु गरिएको र अपुग रकम स्थानीय सरकार र दाताहरुबाट संकलन गरिने अग्रज अभिभावक खगेन्द्र कुमार कार्कीले जानकारी गराए। मन्दिरमा दैनिक ४०र५० को हाराहारीमा जेष्ठ नागरिकहरु भजन कृतन गर्न आउने भएकाले व्यवस्थित भजन कृतन सभाहल निर्माण गर्न लागिएको अभिभावक भोजराज दाहालले जानकारी गराए।नवनिर्मित भवनमा पन्च देवताको मुर्ति राखिनुका साथै जेष्ठ नागरिकहरुलाई भजन कृतनमा आवश्यक पर्ने संगितिक बाद्यबादन हार्मोनियम, मादल, झ्याली, मुजुरा, तबेला लगायतका सामग्री राखिनुका साथै धार्मिक पुस्तकहरु १८ पुराण ग्रन्थ समेत राखिने जानकिस्वर शिवालय मन्दिर तथा गुरुकुल बिद्यालय संस्थापक अध्यक्ष सुरेश बहादुर पौडेलले जानकारी गराए।

तपाईको प्रतिक्रिया