Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं,१० कात्तिक २०७८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

कांग्रेस निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि थालेर मंसिर २७ देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

समितिले कात्तिक २७ गते वडामा, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

मंगलबारको पदाधिकारी बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितलाई मंसिरभित्र सकिनेगरी महाधिवेशनको कार्यतालिका बनाउन निर्देशन दिनुभएको थियो ।

कांग्रेसको १४औँ महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म गर्ने तय गरिएको थियो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ तालिका
कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन ९वडारपालिका अधिवेशन नभएको १३जिल्लामा मात्र लागु०
मंसिर ३ गते : प्रदेश सभाको अधिवेशन
मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्रको अधिवेशन
मंसिर १० गते : जिल्ला अधिवेशन
मंसिर १६ र १७ गते : ७ प्रदेशको अधिवेशन
मंसिर २७ उद्धघाटन र १ पौषसम्म केन्द्रीय महाधिवेशन

 

तपाईको प्रतिक्रिया