Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

दमक, २६ असोज २०७८ । लायन्स क्लव अफ झापा दमकका अध्यक्ष एवं दमकका ब्यवसायी अशोक चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर झापा कमल गाँउपालिका वडा नं। ६ का अति विपन्न आधा दर्जन घर परिवारको घरमा दशैं असहज नहोस भनेर खाद्यन्न लगायतका अति आवश्यकीय सामाग्रिहरु प्रदान गरेकाछन् । क्लवको संयोजनमा उनले दूई बोराको दरले चामल सहित बिभिन्न खाद्यन्नहरु उपलब्ध गराएकाहुन् ।

भुजा, चिउरा, तेल, नून, मसला, शब्जि लगायतका सामाग्रिहरु उपलब्ध गराएकाहुन् । अपाङ्ता भएका, आफ्नो स्थाई थातथलो नभएका र कमाईखाने कुनै माध्यम नभएका ६ परिवारलाई स्थानीय टोल विकास संस्थासंग समन्वय गरेर खाद्यन्न बितरण भएको हो । ति परिवारको अवस्थाको बिषयमा आफुलाई जानकारी भएपछि उनिहरुको घरमा पनि दशैं आओस भनेर आफुले सोचेको र सोहि अनुसार काम गरेको चौधरीले बताए ।

स्थानीय टंक सापकोटाका अनुसार उनिहरुको घरमा दशैंमा खाने मिठो मसिनोको बन्दोबस्त गर्ने कुनै अवस्था रहेको थिएन । लायन्स क्लव मार्फत उनिहरुले खाद्यन्न पाहेपछि गाँउलेहरु नै खुशि भएको उनले जनाए । खाद्यन्न पाएका घर परिवारले यो अवसर जुटाईदिएको भन्दै अध्यक्ष चौधरी सहित क्लवको प्रशंशा गरेका थिए ।

सो खाद्यन्न बितरणमा लायन्स लिडरहरु अजय अग्रवाल र ज्ञाननाथ पौड्यालले लायन्स जहाँ आवश्यकता त्यहाँ पुग्छ भन्ने उदेश्यले क्रियाशिल रहेको बताउदै क्लव र क्लव अध्यक्षले गरेको यो कार्य अनुकरणिय भएको बताए । दशै सबैको घरमा आउनुपर्छ र भाग्यशालीहरु कम भाग्यशालिहरुलाई सहयोग एवं साथ दिनुपर्छ भन्ने उदाहरण यो हो, उनिहरुको भनाई रहेको थियो ।

लायन्स जहिले पनि सेवामा हाजिर हुने भन्दै सामाजिक उत्तरदायित्वबाट कहिले पनि टाढा नभएको लायन्स लिडरहरुको भनाई रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ झापाका सचिव बिष्णुप्रसाद पोखरेलले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया