Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

विराटनगर, १० भदौ २०७८ । नवनियुक्त प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यका एक जना भाइ घरमा मृत अवस्थामा फेला परेका छन। सुनसरीको सदरमुकाम इनरुवा स्थित घरमा सुतिरहेको अवस्थामा ६१ वर्षिय भाइ राम आचार्य मृत अवस्थामा फेला परेका हुन। उनको के कसरी मृत्यु भएको हो भन्नेबारे भर्खरै सुनसरी प्रहरीको टोली घरमा पुगेर सोधपुछ थालेको छ।

एसपी सञ्जयसिँह थापाले आचार्य घरमा सुतिरको अवस्थामा कोठमा मृत अवस्थामा फेला परेको सूचना आएको र परिवारको सहयोगमा कोठा खोलेर टोलीले अनुसन्धान थालेको जानकारी गराए। आचाार्यको मृत्यु के कसरी भयो भन्नेबारे पोष्टमार्टम रिर्पोट र गहन अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।नयाँ पत्रिकामा
गणेश लम्सालले यो समाचार लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया