Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, ८ असार । लेखनाथ आधारभूत विद्यालयले शैक्षिक शत्र २०७८ को लागि नयाँ विद्यार्थी भर्ना गर्न घरदैलो कार्यक्रम चलाएको छ । झापाको गौरादह नगरपालिका वडा नं.९ मा अवस्थित यस विद्यालयले विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउन प्रत्यक्ष अभिभावक भेटघाटलाई तिब्रता दिएको हो ।

इनटरनेटको पहुँचमा नभएका बिपन्न मजदुर किसानका विद्यालय उमेरका छोराछोरीहरुलाई विद्यालयमा भर्ना गर्ने शन्देश पुर्याउन प्रत्यक्ष भौतिकरुपमा भोट्नुको बिकल्प नभएको हुँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरदैलो कार्यक्रम संचालन गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार पोद्दारले बताए ।

घरदैलो सहितको भर्ना अभियानले विद्यालयमा नयाँ विद्यार्थी भर्नाको दरमा उल्लेख्य बृद्धिहुने अपेक्षा रहेको उनको भनाइ छ । विद्यालयका ९ जना शिक्षक सहभागि भइ असार ६ गतेबाट सुरु भएको घरदैलो कार्यक्रम असार १२ गते सम्म निरन्तर संचालन हुने प्रधानाध्यापक पोद्दारले बताए ।

अधिकांश सामुदायिक विद्यालयहरुको भर्ना अभियान सामाजिक संजालमा मात्र सिमित रहेको बेला लक्षित समुदायका विद्यार्थी र अभिभावकसम्म प्रत्यक्ष भौतिक रुपमा पुग्ने लेखनाथ आधारभुत विद्यालय पहिलो भएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी असार १ गतेबाट शैक्षिक सत्र प्रारम्भ गरिएको सरकारले घोषणा गरिसकेको छ ।

अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा भर्ना अभिलेकीकरण शुरु गरी असार १५ गतेसम्म भर्ना सम्पन्न गर्न समेत सरकारले निर्देशन दिइसकेको छ ।

केही महिना अगाडिबाट विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाएका युवा शिक्षक पोद्दारको सक्रियताले सो विद्यालयमा सकरात्मक परिवर्तनको अपेक्षा रहेको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया