Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १ असार २०७८ । राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने अनुमान गरेको छ ।

बाढी र पहिरो जस्ता विपद्बाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले गरेको हो । नेपालमा वर्षेनी बाढी पहिरो लगायतका विपदमा परी सयौंको मृत्यु हुने गरेको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा ७ सय ५२ जनाको बाढीजन्य घटनामा परेर मृत्यु भएको छ । १ हजार ५ सय ४ वटा बाढीको घटनामा परेका ४ सय ७७ जना अझैं वेपत्ता रहेका छन् ।

एक दशकको तथ्यांक हेर्दा २०७४ सालमा सबैभन्दा बढी २ सय ३८ बाढीका घटनामा १ सय ६६ जनाको मृत्यु भएको थियो ।

२०७०/ ०७१ मा दुवै वर्ष समान १ सय ३३ जना वेपत्ता भएका थिए । स्थायी र अस्थायी नदीका लागि भौगोलिक प्रणालीमा आधारित बाढी विश्लेषण अनुसार बाढीबाट १६ लाख ८७ हजार ४ सय ८० घरपरिवार प्रभावित हुने जनाईएको छ ।

मनसुनबाट सबैभन्दा बढी सुनसरीमा प्रभावित हुनेछन् भने दोस्रोमा रौतहटमा घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ ।

त्यसैगरी तेस्रोमा कञ्चनपुरमा, चौथोमा, पाचौँमा सिराहामा घरपरिवार प्रभावित हुनेछन् ।

 

तपाईको प्रतिक्रिया