Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

काठमाडौं, ५ जेठ २०७८ । लमजुङको भुलभुले केन्द्र भएर गएको भूकम्पमा परि चार जना घाइते भएका छन् । त्यसैगरि ७ घरहरू भत्किएका छन् ।

भुकम्पमा घाइते हुनेमा बेसीसहर-११ की ८३ वर्षकी खगकुमारी पाण्डे, बेसीसहर-६ की ३६ वर्षीया उमा गुरुङ, मस्याङ्दी-६ का २२ वर्षका गोविन्द अधिकारी र बेसीसहर-८ की २९ वर्षकी खसीमाया रहेको छन् । घाइते भएका चार जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

आज बिहान ५ बजेर ४२ मिनेट र ८ बजेर ३० मिनेटमा दुईपटक भुलभुले केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। सुरूमा ५.८ र पछि ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला कास्की, तनहुँ, गोरखा साथै धादिङ, चितवन, काठमाडौंलगायतमा पनि धक्का महसुस गरिएको थियो।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments