Online Bichar
शनिबार, जेठ ३०, २०८३ | Saturday, June 13, 2026

२२ चैत, २०७७ । भारतको छत्तीसगढमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुगेको छ ।

शनिवार बिहान भएको भिडन्तमा ज्यान गुमाउनेमध्ये २० जना सुरक्षाकर्मीको शव भेटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चार घण्टासम्म चलेको भिडन्तमा ३७ जना सुरक्षाकर्मी घाइते भएका र अझै एक जना हराइरहेका खबरमा उल्लेख छ ।

शुक्रवार रातिदेखि दुई हजार ५९ जनाको संयुक्त सुरक्षा बलले बीजापुर र सुकमा जिल्लामा रहेको जङ्गलमा माओवादीविरुद्ध अपरेशन चलाएका थिए । अपरेशनका क्रममा माओवादीले थापेको धरापमा सुरक्षाकर्मी परेका थिए । धरापमा भएको बम विस्फोटपछि दुई पक्षबीच गोली हानाहान भएको खबरमा उल्लेख छ ।

माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म एक जना महिलाको मात्रै शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments