Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

अप्रत्याशित आकाशिएको तरकारीको भाउ नियन्त्रणबारे आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठ भन्छन्, “सहकारीलाई सक्रिय नगराएसम्म यो समस्या रहिरहन्छ ।”

तरकारीको भाउ आकाशिनुको कारण के हो ?
अनुगमनबाट थाहा भयो, तरकारी किसानबाट उपभोक्तासम्म आइपुग्दा ६ तह पार गर्नुपर्ने रहेछ । बिचौलिया नै धेरै भए । मूल्य नियन्त्रणमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति पनि प्रभावकारी देखिएन । आफैंले तोकेको मूल्य र बजार मूल्य फरक देखिएको छ ।
बिचौलियाको मनपरी हटाउन के गर्नुपर्छ ?
किसानको तरकारी सहकारीले खरीद गर्ने र त्यहाँबाट सोझै उपभोक्तासम्म आउने व्यवस्था मिलाउनुपर्छ । अनि मात्र किसान र उपभोक्ता दुवै मारमा पर्दैनन् । स्थानीय तह, कृषिसँग सम्बन्धित विभिन्न संस्थाहरूले पनि बजार अनुगमन तीव्र पार्नुपर्छ ।
कारण थाहा भएर पनि भाउ नियन्त्रण गर्न किन नसकिएको त ?
हामीले बजार अनुगमन प्रतिवेदन मन्त्रालयलाई बुझाएका छौं । फेरि, भाउ नियन्त्रणका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पनि भूमिका छ । अन्य निकाय पनि सक्रिय हुनुपर्छ ।
यति भनेर विभाग उम्कन मिल्छ ?
त्यसो भनेको होइन । तर, विभाग मात्र सक्रिय भएर मूल्य नियन्त्रण सम्भव छैन । विभागकै अनुगमनका कारण अहिले केही भाउ घटेको छ । काउली प्रतिकेजी रु.१०० बाट रु.७० मा झरेको छ ।
अनुगमनमा पर्याप्त जनशक्ति नभएको भन्दै विभागले गुनासो गरिरहेको सुनिन्छ, वास्तविकता के हो ?
हामीसँग नियमित अनुगमन गर्न सक्ने जनशक्ति र विज्ञता पनि छैन । फेरि, हामीले नूनदेखि सुनसम्म हेर्नुपर्छ । तैपनि विभिन्न संस्थाहरूसँगको समन्वयमा काम गरिरहेका छौं ।
हिमाल खबर बाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments