Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झगेन्द्र खड्का
गौरादह, २५ माघ । गौरादह नगरपालिका कार्यलय परिसरमा सवारीसाधन पार्किङ स्थल नहुदा सेवाग्राही समस्यामा परेका छन्। दिनहुँ सयौं सेवाग्राहीलाई सेवा दिनुपर्ने कार्यालयले न पार्किङ गर्ने ठाउँ बनाएको छ‌, न त वैकल्पिक व्यवस्थापनमा ध्यान दिएको छ ।

नगरपालिका कार्यलयमा सेवा लिन आउने सेवाग्राहीहरु अधिकांशले दुई चक्के वा चार चक्के सवारीसाधन लिएर जान्छन्।कार्यलय परिसरमा पुगेपछि सवारीसाधन राख्ने निस्चित ठाउँ नहुँदा अलमलमा पर्छन् ।

सवारीसाधन पार्किङ स्थल नहुदा सेवाग्राही तथा कर्मचारीहरुले समेत आफ्नो साधन यत्रतत्र जथाभावी राख्ने गरेका छन्।कार्यलय खुल्ने समय भएपछि कार्यलय अगाडि सवारीसाधनको जाम लाग्छ।कार्यलय अगाडि जथाभावी सवारीसाधन पार्किङ गरिदा आवतजावत गर्न समेत समस्या हुने गरेको छ।

नगरपालिका आफ्नै भवनमा सरेको करिव २ बर्ष बितिसक्दा समेत स्थानीय सरकारले सवारीसाधन पार्किङ स्थल बनाउने तर्फ ध्यान दिएको छैन।जनप्रतिनिधिहरु सेवाग्राही जस्तै कार्यलय अगाडि नै सवारीसाधन पार्किङ गर्छन। नगरपालिका अगाडि सवारीसाधन जथाभावी भरिभराउ हुदा समेत स्थानीय सरकार रमिते बनिरहेको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नगरपालिका कार्यलयमा सेवालिन आउने सेवाग्राहीहरुको सवारीसाधनको चाप अत्याधिक हुदा समेत व्यवस्थापनका लागि जनप्रतिनिधिहरुको ध्यान नजानु र सेवाग्राहीहरुलाई जथाभावी साधन पार्किङ गर्न बाध्य बनाउनु स्थानीय सरकारको कमजोरी देखिन्छ।

स्थानीय सरकारले हालसम्म पनि सवारीसाधन पार्किङ स्थल निर्माणका लागि कुनै बजेट बिनियोजन गरेको पनि छैन।गर्मी महिना सुरु हुनसाथ सेवाग्राहीहरुले साधन पार्किङका लागि सितल ठाउँको खोजी गर्छन्।सेवाग्राहीहरुले सवारीसाधन पार्किङका लागि सितल ठाउँ नभेटेपछि बारुणयन्त्र राखिएको ठाउँको वरिपरि राख्ने गर्दैछन्।बारुणयन्त्र राख्ने टहराको आसपासमा टहराको छाँया हुने हुदा त्यसैको वरिपरि राख्ने गर्दछन्।

सेवाग्राहीका साथै सरकारी कर्मचारीहरुले चलाउने सरकारी गाडी समेत सोही आसपासमा पार्किङ गर्ने गर्दछन। बारुणयन्त्रको अगाडि अन्य सवारीसाधन पार्किङ गर्दा आपतकालीन अवस्थामा नागरिकहरुलाई सेवा दिने बारुणयनत्रलाई समेत समयमा सेवा दिन समस्या भएको छ।

बर्षादको समयमा पानी पर्दा सवारीसाधनहरु कार्यलयको बरण्डा र प्रतिक्षालयमा समेत राख्ने गरेका छन्। कार्यलयमा सेवा लिन आउने सेवाग्राहीहरुको काममा केही ढिलाइ भएमा केहि समय प्रतीक्षा गर्ने ठाउँमा समेत सवारीसाधन राखिन्छ।

नगरपालिकाले सेवाग्राही तथा कर्मचारीहरुलाई सवारीसाधन राख्न सहजताका लागि समयमै पार्किङ स्थल निर्माण गर्न आवश्यक देखिन्छ।

तपाईको प्रतिक्रिया