Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २३ पुष २०७७ । झापाको गौरादहमा लोेपन्मुख संथाल समुुदायको महान पर्व दिसम सोहराईको विशेष अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । संथाल समुदायको पर्व संरक्षण एवं प्रवद्र्धन गर्ने उद्धेश्यका साथ कार्यक्रम गरिन लागिएको हो ।

गौरादह-९ स्थित बैगुन्धुराको बजार परीसरमा यहि पुष २७ गते सोमबार भव्य रुपमा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न लागिएको आयोजक समूहले जनाएको छ ।
सन्थाल समुदायले प्रत्येक बर्ष मनाउँदै आएका दिसोम सोहराई पर्व पौष २५ गतेबाट मनाउन शुरु गरिने आयोजक संथाल पारागाना दिशोम माझी, गौरादह नगरपालिका-९ बैगुन्धुराका गुडित बुद्धिलाल मर्डिले जानकारी दिनुभयो ।

यस्तै, यो पर्वमा चेलीबेटी बोलाउने, आफ्न्तहरु तथा मान्यजनहरु भेलाहुने तथा मिठो मसिनो खाने, तेस्रो दिन पौष २७ गते एकीकृत भब्य सांस्कृतिक कार्यक्रमका साथमा दिसम सोहराई ५ दिन सम्म मनाइने मर्डिले बताउनुभयो ।

सांस्कृतिक कार्यक्रमको अवसरमा विभिन्न वडामा बसोबास गर्ने सन्थाल समुदायको सहभागिता रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया