Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १८ पुष २०७७ । विश्वमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ करोड नजिक पुगेको छ । विश्वका दुई सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म आठ करोड ४३ लाख ७९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा पाँच करोड ९६ लाख ३९ हजारभन्दा धेरै निको भएका छन् ।

कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ लाख ३५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ भने अहिले दुई करोड २९ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । अहिले कोरोना भाइरसको नयाँ प्रकार पनि विभिन्न देशमा देखिन थालेकाले थप सतर्कता अपनाउन थालिएको छ ।

लकडाउन तथा प्रतिबन्धहरु हटेर जनजीवन सामान्य अवस्थातर्फ गइरहेको भए पनि जोखिम रहेकोले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरिरहेका छन् ।एजेन्सी

तपाईको प्रतिक्रिया