Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २९ मंसिर २०७७ । झापाको बिर्तामोडमा मारुती भ्यान र मोटरसाइकल ठोक्किँदा बीभत्स दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका-२ स्थित चारपानेमा पूर्वबाट पश्चिम तर्फ गइरहेको को १ च ३९८८ नम्बरको मारुती भ्यान र दक्षिणबाट उत्तर तर्फ गइरहेको मे २ प ५९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा सोमबार साँझ ८ बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवारी दुईसहित तीन जना गम्भीर घाइतेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । घाइते तीनै जना पुरुषको अवस्था चिन्ताजनक रहेकोले उनीहरूको थप विवरण खुल्न सकेको छैन । घाइतेहरूको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । यता भ्यान चालक फरार रहेको छ, भने दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया