Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २३ मंसिर २०७७ । सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए ।

उनले सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका लागि च्यारिटी कम्युनिटी एक्सन नेपाल (क्यान)को स्थापना गरेका थिए । साथै उनले उक्त क्षेत्रका मानिसहरुको सहयोगको लागि लकडाउनमा हजारौं पाउण्ड रकम जुटाएका थिए ।

बेलायतको नटिन्घाममा जन्मिएका स्कट ब्रेन क्यान्सरबाट पीडित थिए । सोमबार उनको आफ्नै निवासमा मृत्यु भएको हो । सन् १९७५ सेप्टेम्बर २४ मा उनले साउथ वेस्ट फेसबाट सगरमाथा आरोहण गरेका थिए । यो मार्गबाट सगरमाथा आरोहण गर्नु निकै कठिन मानिन्छ ।बीबीसी

तपाईको प्रतिक्रिया