Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १७ मंसिर २०७७ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई प्रयोग गर्ने अनुमित दिने बेलयात विश्वमै पहिलो देश बनेको छ । बेलायतमा अर्को हप्तादेखि खोप दिन सुरु गरिने बताइएको छ ।

‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बेलयातभर अर्को हप्तादेखि खोप उपलब्ध गराइने विज्ञप्तिमा जानकारी दिइएको छ । स्वास्थ्य सचिव म्याट ह्यानककले अर्को हप्ताको शुरुदेखि खोपको कार्यक्रम शुरु गरिने बताए । ‘यो निकै खुसीको कुरा हो,’ उनले भने ।

बेलयातको खोप कमिटीले कुन प्राथमिकता समूहले पहिलो खोप पाउनेछन् भनेर निर्णय गर्नेछ । यसमा केयर होमका वासिन्दा, स्वास्थ्यकर्मी र बृद्धि र रोगका कारण जोखिम समूहमा रहेका छन् ।

फाइजर–बायोएनटेक र अमेरिकी कम्पनी मोडेर्नाले खोपको प्रारम्भिक अध्ययनमा यो ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको पाइएको दाबी गरेको छ । यो सामान्य खोपको प्रभावकारिता दरभन्दा निकै बढी हो । दुवै खोप आरएनए (एमआरएनए) प्रविधिमा आधारित छन् ।

फाइजरले बेलायतले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिनु कोभिड–१९ विरुद्धको युद्धमा ऐतिहासिक पल भएको बताएको छ ।एजेन्सी

तपाईको प्रतिक्रिया