Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

पत्रपत्रिकाबाट

अमेरिकी राजनीतिमा दशकौंपछि नश्लवादको खुलेआम प्रवेश, कोरोना भाइरस र झन्डै अढाई लाख अमेरिकीको मृत्यु मुख्य एजेन्डा

न्युयोर्क, १९ कार्तिक । ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्प एवं पूर्वउपराष्ट्रपति जो बाइडेनबीच चुनावी रस्साकसी अन्तिम चरणमा पुगेको छ । झन्डै २३ करोड मतदाता रहेको महाशक्ति अमेरिकामा चुनावी प्रतिस्पर्धा र नतिजाका लागि निर्णायक मानिने झन्डै एक दर्जन राज्यहरूमा केन्द्रित छ । करोडौं डलरको विज्ञापनदेखि चुनावी अभियान यिनै राज्यमा केन्द्रित छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।

अमेरिकाको ओक्लाहामामा मतदानका लागि लाइन लाग्दै अमेरिकी नागरिक तस्बिर स् रोयटर्स उदार र अनुदारबीचको यो निर्वाचनलाई अमेरिकी इतिहासमै निकै पृथक् मानिएको छ । अमेरिकामा मात्र नभएर संसारकै अत्यधिक चासो अडिएको छ । पृथक् हुनुमा यो निर्वाचनसँग विविध आयामहरू जोडिएका छन् । कोरोना भाइरस र झन्डै अढाई लाख अमेरिकीको मृत्यु यो चुनावको जल्दोबल्दो एजेन्डा हो । विश्वको ठूलो अर्थतन्त्रमा लाखौंको बेरोजगारी एवं ठप्प अर्थतन्त्र अर्को महत्त्वपूर्ण विषय हो ।

चर्को एवं स्पष्ट विभाजित अमेरिकी राजनीतिमा यस पटक दशकौंपछि नश्लवादले खुलेआम प्रवेश पाएको छ । अमेरिकी नश्लवादको डरलाग्दो वकालत एवं चुनावी नतिजाबारे सम्भावित न्यायालय प्रवेशको विषयले पनि यो निर्वाचनलाई फरक बनाएको छ । राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरणको विषयमा दिएको अभिव्यक्तिले पनि देखाउँछ, यो पृथक् चुनाव हो । उम्मेदवारबीच चरम ध्रुवीकरण छ । एउटा उम्मेदवार अतिवाद निर्देशित, अर्को मध्यममार्गी । यही पृथकता एवं चासोलाई चुनावी दिन अघि नै उर्लिएको करोडौं संख्याको मतदानले पुष्टि गर्छ ।

दस करोडभन्दा बढी अमेरिकीले चुनावी दिन अघि नै मतदान गरेका छन्, जुन अघिल्लो निर्वाचनमा खसेको मतको दुई तिहाइ मत हो । यसै आधारमा पनि यो निर्वाचनमा कीर्तिमानी मत खस्ने आकलन छ । विश्वकै शक्तिशाली प्रजातन्त्रका रूपमा प्रचारित अमेरिकामा मतदानको इतिहास त्यस्तो उत्साहित पार्ने खालको भने छैन । औसतमा अमेरिकी राष्ट्रपति निर्वाचनमा ५० देखि ६० प्रतिशत मत खस्छ ।

जुन विकासोन्मुख देशहरूको तुलनामा कम हो । तथ्यांकहरूमा १९ औं शताब्दीको तुलनामा बीसौं शताब्दीमा मतदाताको सक्रियता घट्दै गएको देखिन्छ । २१ औं शताब्दीमा पहिलो अश्वेत बाराक ओबामालाई निर्वाचित गर्ने क्रममा मतदाताहरूको उत्साह उल्लेखनीय थियो ।

मतदानबारे अमेरिकी विगतको एउटा स्पष्ट चित्र छ, आन्तरिक झमेलाको समयमा मतदानमा उल्लेखनीय वृद्धि हुन्छ । अश्वेतहरूलाई मतदान प्रक्रियामा ल्याएको समय अर्थात् गृहयुद्धपछिको अमेरिकामा ९सन १८७० ताका० कीर्तिमानी मतदान भएको थियो ।

यसपटकको उर्लंदो ‘अर्ली भोटिङ’ ले निर्वाचनलाई ऐतिहासिक बनाएको छ । स्पष्ट छ, यो निर्वाचन धेरै हदसम्म विभाजनको चपेटामा छ । ट्रम्प र उनको अनुदार रिपब्लिकन पार्टीले नश्लवादको एजेन्डालाई उठान गरेको छ । उनीहरूको भाषामा ‘यो देश श्वेत देश हो ।’ ट्रम्पले प्रायः आफूलाई अब्राहम लिंकनको उत्तराधिकारीको रूपमा प्रचार गर्छन् । आफ्नो कार्यकालमा भएका हरेक क्रियाकलापलाई लिंकनसँग जोड्ने ट्रम्पको आधार विभाजित राजनीति हो । स्मरण रहोस्, लिंकनको पालाको रिपब्लिकन पार्टी, अश्वेतहरूको हक–अधिकारको पक्षमा उभिएको थियो तर कालान्तरमा यो पार्टीको आधार श्वेत अमेरिका हुन पुग्यो ।

पछिल्ला अमेरिकी निर्वाचनलाई नियाल्ने हो भने अनुदारवादी उम्मेदवारले प्रायःजसो ६० देखि ६५ प्रतिशत श्वेत मत हासिल गर्छ । ट्रम्पको स्पष्ट रणनीति छ, श्वेतलाई रिझाएर जित्ने । त्यसैले उनी, मूलधारका मिडिया, राजनीतिक विश्लेषक एवं प्रदर्शनकारीलाई ‘फेक’ भन्छन् । अल्पसंख्यकलाई निसाना साध्छन् । आफ्नो पक्षमा अमेरिकी गुमनाम मतदाता रहेको तर्क गर्ने ट्रम्प धेरै हदसम्म रिचर्ड निक्सनबाट प्रभावित छन् । सन् १९६९ ताका, भियतनाम युद्धको विरोधमा लाखौं अमेरिकीहरू सडकमा उर्लेपछि निक्सन भन्थे, ‘हामी यो लडाईं जित्ने छौं । जनताको दुश्मन मिडियाले उचालेका यी आन्दोलनलाई मत्थर पार्न, मलाई मेरो गुमनाम मतदाताको समर्थन र सहयोग चाहियो ।’ उनको स्पष्ट संकेत, ग्रामीण श्वेत मतदातालाई थियो ।

तर सन् १९७० र अहिलेको धेरै बदलाब छ । अल्पसंख्यकको जनसंख्यामा उल्लेखनीय बढावा भएको छ भने ट्रम्पको दाबीविपरीत अश्वेत एवं अल्पसंख्यकको हक अधिकार एवं सुरक्षासम्बन्धी प्रदर्शनमा अधिकांश अमेरिकीको सर्मथन रहेको सर्वेक्षणले देखाउँछ । विश्लेषकहरूको भनाइमा मिनियापोलिसमा प्रहरीको ज्यादतीले मारिएका जर्ज फ्लोयडको विरोधमा अमेरिकामा भएको प्रदर्शन सन् १९६० को सिलिभ राइट्स मुभमेन्ट र भियतनाम युद्धताकाको प्रदर्शनपछिको ठूलो हो । यो निर्वाचनले प्रदर्शनकारीको त्यो एजेन्डा बोकेको छ, अमेरिका श्वेत मात्रको देश हो कि सबैको रु

यो निर्वाचनको मुख्य एजेन्डा भने कोभिडको मार नै हो । ट्रम्प प्रशासनको लापरबाही र ठूलो मानवीय क्षतिको पृष्ठभूमिमा यो विषय ब्यालेटमा छ । विज्ञानको उपलब्धि एवं अनुसन्धानलाई चुनौती दिँदै आएको अमेरिकी राजनीतिबारे यो निर्वाचनले छिनोफानो गर्नेछ । ‘पहिलो अमेरिका’ भन्ने ट्रम्प नीतिकै कारण अन्तर्राष्ट्रिय क्षेत्रमा अमेरिकी नेतृत्वको ओझेललाई पनि यो निर्वाचनले स्पष्ट पार्नेछ । यद्यपि युद्धखाले परिस्थितिबाहेक घरेलु एजेन्डाको तुलनामा विदेश नीतिहरू निर्वाचनमा फितला हुने गर्छन् ।

आफ्नो झन्डै पाँच दशकको राजनीतिक जीवनमा राष्ट्रपति बन्न तेस्रो पटक प्रयास गरिरहेका डेमोक््रयाट बाइडेनले मध्यमार्गी राजनीतिको अवलम्बन गर्ने प्रयास गरिरहेका छन । ३२ वर्षअघि नै बाइडेनले राष्ट्रपति बन्ने अभियान गरेका थिए । बेलायती नेताको भाषण चोरीको आरोप लागेपछि पछि हटेका उनी अमेरिकी राजनीतिका निकै अनुभवी मानिन्छन् । यसपटकको निर्वाचनमा बाइडेनको मध्यमार्गी राजनीतिले बाजी मार्छ कि ट्रम्प श्वेत अतिवादले रु केही समय पर्खनैपर्छ ।

तपाईको प्रतिक्रिया