Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

मलेसिया, ३ कार्तिक २०७७ । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ ।

शुक्रबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाली दूतावास नजिकैको बाटोमा उनी अशक्त र अलपत्र अवस्थामा भेटिएका थिए ।

नेपाली अलपत्र अवस्थामा भेटिएको खबर दूतावासले गराएपछि उनलाई एनआरएनए मलेसियाले नेपाली दूतावासकै सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो ।

तर उनको आइतबार मृत्यु भएको हो । एनआरएनएका अनुसार उनलाई उद्धार गरिएपनि कुनै कागजाज नहुँदा ठुलो अस्पताल भर्ना गर्न समस्या भएको र त्यसका लागि नेपाली दूतावासले आवश्यक प्रकृया मिलाउँदै गर्दा मृत्यु हुन पुगेको जनाएको छ ।

सडकमा अलपत्र फेला परेका राईमा प्यारलाइसीयको समस्याका साथै शरीरका विभिन्न भागमा घाउ समेत भेटिएको बताइएको छ ।

यसैबीच घटनालाई लिएर केही खराब मनसाय भएका व्यक्तिले भ्रामक प्रचार गर्दै बदनाम गराउने र दोष थोपर्ने कार्य गरेको भन्दै एनआरएनए मलेशियाले आपत्ति जनाएको छ । एनआरएनए मलेसियाले मानवीयतको आधारमा आवश्यक सहयोग गर्दागर्दै पनि मृत्यु हुनु पुगेको प्रति दुःख व्यक्त गरेको छ।रातोपाटी

 

तपाईको प्रतिक्रिया