Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २५ असोज २०७७ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा सरकारको प्राथमिकतामा नरहेपनि नागरिक संवेदनशील नभए लकडाउन गर्न बाध्य हुने बताउनुभएको हो ।

मन्त्री ज्ञवालीले लकडाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने बताउनुभयो ।

उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उहाँले नागरिकलाई सचेतना अपनाउन अपिल पनि गर्नुभयो । मन्त्री ज्ञवालीले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गर्नुभयो ।

दशै, तिहार र छठजस्ता चाडपर्वहरुमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गर्नुभयो ।

राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारी विरुद्धको लडाइमा पछाडी परेको भन्दै उहाँले विगतमा हट स्पट भएका ठाउँमा जनप्रतिनिधिहरुले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरु काठमाडौंमा लागु गर्न जरुरी रहेको बताउनुभयो ।

सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको छ ।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो ।

वि।स।२०७६ चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिराको पैठारीमा रोक लगाइएको थियो ।

यस्तै ५० हजार बढी मूल्यको सवारी साधन आयात पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ ।

विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ स।स्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मुल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेको हो ।

५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाइ परेको फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया