Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

काठमाडौं, १७ भदौ २०७७ । भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो ।

तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको चिकित्सकले राम्रो हेरविचार नगरेका कारण ज्यान गएको बताएका छन् ।

पत्रकार पान्दुरन र्याकरको कोभिड १९ भए पनि राम्रो उपचार तथा हेरचाह हुन नसक्दा ज्यान गएको परिवारका सदस्यले जनाएका छन् ।

कोभिडको उपचार केन्द्रमा राखिएका उनलाई सो केन्द्रमा राम्रो स्वास्थ्य उपचार सहुलियत नरहेको र उनको अवस्था निकै गम्भीर भएपछि एम्बुलेन्स बोलाउन भनेको भए पनि उपलब्ध हुन नसकेको बताएका छन् ।

सो उपचार केन्द्रमा सामान्य हेरचाह मात्र गर्ने गरिएको र त्यसलाई एक क्वारेन्टिनका रुपमा मात्र राखिएको ती पत्रकारका परिवारका सदस्यहरुले जनाएका छन् ।

पत्रकार र्याकरलाई निकै अप्ठेरो भएपछि एम्बुलेन्स मगाइएको तर समयमा उपलब्ध हुन नसकेको परिवारका सदस्यले जनाएका छन् ।

उनलाई अक्सिजनको आवश्यकता परेको तर अस्पतालको बेड उपलब्ध हुन नसक्दा अक्सिजन प्राप्त पनि नभएको परिवारका सदस्यले जनाएका छन् ।

उनीहरुले सो केन्द्रमा स्वास्थ्य हेरचाहको अवस्था राम्रो नभएकाले यसअघि पनि केही दिनमात्र अघि एकजनाको ज्यान गएको भन्दै थप स्वास्थ्य सुविधाका लागि आग्रह गरेका हुन् ।एएनआई

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments