Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १ असार । झापाको गौरादह नगरपालिका का थप एकजना कोरोना संक्रमित पुरुष निको भएर डिस्चार्ज भएका छन् । जेठ १४ गते कोभिड अस्पतालमा भर्ना भएका ति युवा आज १७ दिनपछि डिस्चार्ज भएका हुन् ।

कोभिड अस्पताल बिराटनगरमा उपचार गराईएका गौरादह-९ का ४१ बर्षिय पुरुष कोरोना निको भएर घर फर्किएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोबिन्द श्रेष्ठले जानकारी दिए । गौरादह-७ को जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइन मा राखिएका पुरुषमा पीसीआर परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि गत जेठ १४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यो संगै गौरादहमा २ जनाले कोरोना जितेका छन् । यस अघि भारतको सिक्किम बाट आएका गौरादह-९ कै एक पुरुष संक्रमण बाट डिस्चार्ज भएका थिए ।
कमल गाउँपालिकामा पनि एकजना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् ।

कोभिड अस्पताल बिराटनगरमा उपचार गराइएका कमल गाउँपालिका -१ बाँसबारीका कोरोना संक्रमितको आज कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछी उनलाई आज डिस्चार्ज गरिएको हो । दुई साता अघि कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ऊनी भारतबाट आएका थिए ।

त्यसैगरि कमल गाउँपालिकाबाट आज २५ जनाको स्वाव संकलन गरि कोभिड अस्पताल विराटनगर पठाइएको छ । कमल गाउँपालिका-३ स्थित सहिद धर्मभक्त माध्यमिक बिद्यालय केर्खाको क्वारेन्टाइनमा रहेका ३ महिला सहित १९ जना र सुरक्षाकर्मी तथा भान्से गरि जम्मा २५ जनाको उनीहरुको स्वाव कोरोना परिक्षणका लागी प्रयोगशाला पठाइएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिनुभयो ।

त्यस्तै आज थप ३ जनालाई क्वारेन्टाइन ल्याइएको छ यो संगै कमल गाउँपालिकाको क्वारेन्टाइनमा अहिले २२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया