Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

१५ जेठ २०७७ । चालू आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न गरिने भएको छ ।

आगामी आवमा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणको व्यवस्था मिलाउन बजेटको व्यवस्था गरिएको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा आगामी आबका लागि बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

मेलम्ची दोस्रोका लागि ५ अर्ब ४६ करोड

सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको सुरुवातबाटै मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको बताए । उनले काठमाडौं उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड विनियोजन गरेको बताए ।

तपाईको प्रतिक्रिया