Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १ जेठ २०७७ । सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रण गर्न पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । अधिवक्ता कमलबहादुर खत्रिसहितले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले उक्त आदेश दिएको हो ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन पनि निर्देश गरेको छ । रिट निवेदनमाथि बिहिबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।

तपाईको प्रतिक्रिया