Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ३० वैशाख । नेपाल प्रहरीको तथ्याक अनुसार लकडाउन सुरु भएपछि देशभर झण्डै सात सय बढीले आत्महत्या गरेका छन् ।

लकडाउनको समयमा घर परिवारका व्यक्तिसँग भेटघाट गर्न नपाउने, आर्थिक अभाव, सामाजिक र एक्लोपन जस्ता समस्याका कारण आत्महत्या गर्ने बढेको देखिएको छ । प्रहरीले भने आत्महत्याको तथ्यांकमा खासै फरक नपरेको जनाएको छ ।

कोरोना भाइरस संक्रमणको डर र लकडाउनका कारण धेरै मानिस घर भित्र नै थुनिएको अवस्थामा छन् ।

झन्डै दुई महिना देखी घर भित्र बस्नु पर्दा मनमा नकारात्मक सोच आउने, डराउने, आतिने जस्ता समस्या देखिन सक्छन् ।

झन परिवारवाट टाढा रहेकाहरु एक्लोपनको शिकार समेत भएका हुन सक्छन् ।

परिस्थितिसँग जुध्न नसकेका कारण दुई महिनाको अविधिमा ७ सय ११ जनाले आत्महत्या गरेका छन् ।

जसमा सबैभन्दा धेरै प्रदेश नम्वर ५ र १ मा रहेका छन् । प्रदेश नम्वर ५ मा १ सय ६६ जनाले आत्महत्या गरेका छन् भने १ नम्वर प्रदेशमा १ सय ३४ जना रहेका छन् ।

सबै भन्दा कम भने काठमाडौ उपत्यकामा रहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले लकडाउनको समयमा आत्महत्या गर्नेको संख्या बढी देखिएको भन्न नमिल्ने भन्दै अन्य समय भन्दा फरक तथ्यांक नआएको बताए । मनोविद् डा.. सरोज ओझाले विश्वका अध्ययनहरुले पनि जोखिम र संकटका समयमा आत्महत्या गर्नेको दर बढी देखिएको बताए ।

यस्तो समयमा मानिसको मन डराएको हुन सक्ने भन्दै रोकथामका लागि सरकारले जनचेतना फैलाउनु पर्ने बताउँछन् ।

तथ्याक अनुसार आत्महत्या गर्नेहरुमा पुरुष र किशोरीहरुको संख्या बढि रहेको छ ।

जसमा ३ सय ६० जना पुरुष रहेका छन् भने महिलाको संख्या २ सय ५७ रहेको छ । ७३ जना किशोरीले आत्महत्या गरेका छन् भने ३१ जना किशोर रहेका छन् ।

यस्तै प्रदेश नम्वर १ मा १ सय ३४ जना २ मा ८७ , वागमती प्रदेशमा ९५ जना रहेका छन् भने गण्डकी प्रदेशमा ७९ जना रहेका छन् ।

प्रदेश नम्वर ५ मा १ सय ६६ जना, कर्णली प्रदेशमा ४०, सुदुरपश्चिम प्रदेशमा ८२ र काठमाडौ उपत्यका भित्र भने ३६ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्ने व्यक्तिले पहिले नै केही लक्षणहरु देखाउने, आफनो समस्या भन्न खोज्ने, एक्लै बस्ने, खुसी नहुने जस्ता व्यवहारहरु देखाउने हुँदा परिवारका सदस्यहरुको सजक हुनु पर्ने मनोविद् डा.ओझा बताउँछन् ।

आत्महत्या रोक्न परिवार , समुदायको पनि ठुलो भुमिका रहन्छ । साथै मनमा नकारात्मक सोचाई आउन थालेको भने चिकित्सको सम्पर्कमा आउन चिकित्सकहरु सुझाव दिन्छन् ।इमेज

तपाईको प्रतिक्रिया