Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पत्रपत्रिका,समाचार

काठमाडौं, २७ वैशाख २०७७ । चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – प्रहरीमाथि जाइलाग्ने ४ जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले शुक्रबार राती पौने ११ बजे प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाप्रति जानकार रहेको जनाएको हो ।

चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन वकालत गर्ने विज्ञप्तिमा उल्लेख छ । उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको जनाइएको छ ।

दूतावासले आफ्ना नागरिक अन्तराष्ट्रिय उडान लामो समय स्थगन हुँदा घर जान हतारिएको जनाएको छ । नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ । चीनले ३ सय ४० जनालाई लगिसकेको छ।

तपाईको प्रतिक्रिया