Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, १४ वैशाख । सरकारले कोरियन भाषा परीक्षा ईपीएस पास भएर छनोट भएका श्रमिकलाई लकडाउनकै अवधिमा कोरिया जान दिने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने तयारीमा रहेका युवालाई दुई देशको सल्लाह र सहमतिमा कोरिया जान दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए।

‘ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने श्रमिकलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लानका लागि अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ’, प्रवक्ता खतिवडाले भने।

सँगै सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय आवगमनलाई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments