Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ९ वैशाख । महामारीको रुपमा फैलिरहको कोरोनाभाइरसका कारण असार मसान्तसम्म पेन्सन लिनेहरु पेन्सन लिने कार्यालयसम्म उपस्थित हुनु नपर्ने भएको छ ।

कोरोना भाइरसको माहामारीबाट राष्ट्रलाई बचाउन निवृत्तिभरकहरुको हरेक ६/६ महिनामा हुनुपर्ने उपस्थिति २०७७ असार मसान्तसम्म हुन नपर्ने गरी व्यवस्था मिलाएको निवृत्तिभरण व्यवस्थापनको कार्यालयले जनाएको छ ।

साथै वैशाख महिनाको भुक्तानी पनि पहिलो हप्तामा नभइ १६ गतेपछि मात्र गरिने उल्लेख छ । निवृत्तिभरणको रकम नेपाल बैंक र राष्टिय बाणिज्य बैंकबाट भुक्तानी हुँदै आएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया