Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

पत्रपत्रिका, समाचार
६ बैशाख २०७७ शनिवार

काठमाडौं । कोराना भाइरसको कारण नेपालमा भित्रने विप्रेषणमा करीब १० प्रतिशतले कमी आउन सक्ने नेपाल राष्ट्र बैंकले अनुमान गरेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टका अनुसार अघिल्लो आवको ८ महिनामा करीब ५८२ अर्व रुपैयाँ विप्रेषण भित्रिएको थियो भने चालु आवको ८ महिनामा करिब ५९२ अर्व भित्रिएको छ । तर, चालु चौमासिकमा कोरनाको असर स्वरूप विप्रेषण करीब १० प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

कोरोना सङ्क्रमणको वैदेशिक रोजगारीमा जानेले रोजगारी गुमाउने क्रम बढेकाले स्वदेश भित्रने विप्रेषण घट्ने अवस्था रहेको उनको भनाइ छ । नेपाल भित्रिने कुल विप्रेषण हिस्सामध्ये खाडी मुलुकबाट मात्र करीब ५० प्रतिशत रहने गरेको छ । सन् २०२० मा ती मुलुकको आर्थिक वृद्धिदर करिब तीनदेखि ४ प्रतिशतसम्म नकारात्मक बन्ने अनुमान गरिएको अवस्थामा नेपाल भित्रने विप्रेषण घट्ने अवस्था रहेको डा. भट्ट बताउँछन् ।

विप्रेषणमा कमी आउँदा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा स्वाभाविक प्रभाव पर्छ । पछिल्ला वर्ष नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा विप्रेषणको अंश करिब २५ प्रतिशत रहँदै आएको छ । गत वर्ष करीब ८७९ अर्ब रुपैयाँ विप्रेषण भित्रिएकोमा यस वर्ष अवस्था सामान्य रहेको भए करीब ९०० अर्व रुपियाँ विप्रेषण भित्रन सक्ने अनुमान राष्ट्र बैङ्कले गरेको थियो । तर कोरोना भइरसको कारण आठसय अर्व रुपियाँ पुग्न पनि मुस्किल हुने अवस्था रहेको डा. भट्टको बिश्लेषण छ ।

तपाईको प्रतिक्रिया