Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024
अनलाइन बिचार

गौरादह, ४ बैशाख २०७७ । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरादहले विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीको रोकथामका लागि स्थानीय स्तरमा स्थापना गरिएका राहात कोषमा आर्थिक सहयोग गरेको छ । गौरादह नगरपालिकाको प्रकोप व्यवस्थापन कोष, गौरीगञ्ज गाउँपालिकाको कोष र विर्तामोड नगरपालिकाको कोषमा सहयोग रकम जम्मा गरेको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले बिपदको बेलामा गौरादह नगरपालिकाको कोषमा ३१ हजार, त्यसैगरी गौरिगञ्ज गाउँपालिकाको कोषमा ११ हजार र विर्तामोड नगरपालिकाको कोषमा ११ हजार गरि जम्मा ५३ हजार राहात रकम कोषमा जम्मा गरेको संहकारीका अध्यक्ष निर्मल बाँस्तोलाले बताए । उनका अनुसार तीनवटै स्थानीय तहका प्रमुखहरुलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको चेक ग्रहण गर्दै कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगाएतका लागि स्थानीय सरकारले स्थापना गरेको कोषमा दैनिक सहयोग रकम स्वतस्फुर्त दाताहरुबाट जम्माहुने क्रम बढ्दो रुपमा रहेको गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहाले बताए । सोही अवसरमा जुरोपानी बहुउद्देशीय सहकारी गौरादह ७ ले समेत सो कोषमा नगद १५ हजार जम्मा गरेको थियो ।

तपाईको प्रतिक्रिया