Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पत्रपत्रिका, समाचार
काठमाडौं,४ बैशाख २०७७, बुधबार । नेपाल राष्ट्र बैंकले सरकारी खाताहरू अद्यावधिक गर्ने निर्देशनलाई नटेर्ने विभिन्न निकायलाई पुनः निर्देशन दिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – राष्ट्र बैङ्कले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न समूहका सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैङ्कले जारी गरेको सरकारी कारोबार निर्दे्शिका, २०७६ बमोजिम उक्त सरकारी खातालाई अद्यावधिक गर्न निर्देशन दिएको हो ।

यसअघि २०७६ पुस २७ गते नै सरकारी खाता अद्यावधिक गर्न परिपत्र गरे पनि वाणिज्य बैङ्कहरूले हालसम्म पनि त्यस्ता खाता अद्यावधिक गरी कार्यान्वयन नगरेपछि राष्ट्र बैङ्कले मङ्गलबार परिपत्र गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयले नेपाल राष्ट्र बैंकको सरकारी लेखा फाँँट विभागलाई गत चैत २७ गतेको निर्दे्शिकाअनुसार खाता सञ्चालन भए नभएको अनुगमन गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार विभागले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सरकारी खाता अद्यावधिक गर्न ताकेता गरेको हो ।

नेपाल राष्ट्र बैंकको पत्रमा १० कार्य दिनभित्र सम्पूर्ण सरकारी खाता अद्यावधिक गरी सम्बन्धित सरकारी कार्यालय, महालेखा नियन्त्रक कार्यालय र राष्ट्र बैङ्कको सरकारी लेखा फाँट विभागमा जानकारी गराउन निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया