Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठ्माडौं, ३ वैैशाख । ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको हो।

नेपाल राष्ट बैंकले नोट छाप्न बोलपत्र आह्वान गरेकोकम त्यसको टेण्डर चिनियाँ कम्पनीले हात पारेको हो । यो जिम्मेवारी चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो ।

अव सो कम्पनीले १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्नेछ । मुद्रा व्यवस्थापन विभागले १० रुपैयाँदरको नोट ४१ लाख ४० हजार ४ सय डलरमा खरिद सम्झौता गरेको हो ।

यस्तै, ५ रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार ५ सय डलरमा खरिद सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया