Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठ्माडौं, ६ चैत्र । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासको कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै लोक सेवा आयोगले चैत्र ८ गते अर्थात शनिबारदेखि चैत मसान्तसम्म सञ्चालन हुने सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको आयोगको बैठकले चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका सञ्चालन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उपसचिव एकनारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार नै त्रिभुवन विश्वविद्यालयले चैत ७ गते देखिकासबै परीक्षाहरु स्थगित गर्ने निर्णय पनि गरेको छ ।

 

तपाईको प्रतिक्रिया