Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

प्रवास

१७ फागुन २०७६

सोउल : चीनको वुहानबाट फैलिएको महामारी कोभिड–१९ (कोरोना भाइरस) शुक्रबारसम्ममा ५८ देशमा पुष्टि भइसकेको छ। शुक्रबार बेलुकीसम्मको विवरणअनुसार चीनपछि दक्षिण कोरियामा सबभन्दा बढी कोभिड–१९ संक्रमितको संख्या देखिएको छ। यहाँ शनिबारसम्म, ३१५० जनामा भाइरस संक्रमण भएको पुष्टि भएको छ भने १७ जनाले ज्यान गुमाइसकेका छन्।

यहाँ करिब कामदार तथा अन्य गरी करिब ५० हजार नेपाली रहेको अनुमान छ। कोरियामा कोभिड–१९ को संक्रमण बढेसँगै यहाँस्थित नेपालीमा पनि यसको सन्त्रास बढेको छ। विभिन्न सञ्चारमाध्यममा आएको समाचार र टिप्पणीका कारण नेपालमा बस्ने परिवारमा त्रास बढी देखिन्छ। यहाँस्थित नेपाली कामदारहरूले भने सतर्क रहन भनिएको तर सञ्चार माध्यममा समाचार आएजस्तो त्रास नरहेको बताएका छन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया