Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ४ फागुन । गौरादह नगरपालिका-५ स्थित महारानी झोडा साना किसान सहकारी द्वारा सञ्चालित सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।संस्थाको बीउ प्रसोधन तथा भण्डारण केन्द्रको सभाहलमा सञ्चालन गरीएको साधारण सभामा बीउ प्रशोधनकी अध्यक्ष गोमादेवि विष्टले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गरेकी थिईन ।

त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना निर्देशक रेवतिरमण पौडलले संस्थामा रहेको सेलर मिलको विधिवतरूपमा शनिवार उद्वघाटन गरेका छन् । सेलर मिल उद्वघाटन गर्दै प्रमुख अतिथि पौडेलले बहुसंख्यक किसानहरूले उत्पादन गर्ने गरेको धान बालीलाई चामलमा रूपान्तरण गरि किसानहरूलाई राहत दिन संस्था सफल भएको धारणा राखेका थिए । संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले सेलर मिल निशुल्क प्रदान गरेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

संस्थाले ६ सय मेट्रिक टन बीउ उत्पादन गरिरहेको र संस्थाले किसानहरूलाई अति आवश्यक पर्ने धान, मकै, गहु, तोरी, जय घाँस, राजमाको वीउ प्रसोधन तथा भण्डारण गरिरहेको छ । संस्थाले यस बर्षदेखि धनियाको विउ प्रसोधन तथा भण्डारण गर्नुको साथै किसानहरूको उचित मुल्यमा खरिद गरि चामल उत्पादन गर्ने संस्थाका प्रबन्धक चिरञ्जीवी भण्डारीले बताए ।

संस्थाकि लेखा समिति संयोजक यम कुमार श्रेष्ठले बीउ प्रसोधन केन्द्र को यस वर्ष ४ करोड ९७ लाख ५९ हजार प्रस्तावित आम्दानी र ४ करोड ६७ लाख प्रस्तावित खर्च रहेको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थामा आबद्ध रहि गुणस्तरीय र बढी बीउ उत्पादन गरे बापत अलाउदिन मियालाई सम्मान गरिएको थियो ।

महारानी झोडा साना किसान कृषि सहकारी संस्था अध्यक्ष मिना ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका प्रबन्धक चिरञ्जीवी भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया