Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ४ फागुन । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्रथम एकीकृत साधारण सभा तथा संस्था एकीकरण घोषणा सभा सम्पन्न भएको छ । झापाको बिर्तामोड-४ मा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था र गौरादह नगरपालिका-२ मा रहेको साविक विकल्प उपभोक्ता सहकारी संस्था बिच एकीकरण भई शनिबार एक कार्यक्रमका बिच हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड भएको घोषणा गरिएको छ ।

एकीकरण पश्चात सोही संस्थामा आबद्व पदाधिकारीहरूलाई साधारणसभाले अनुमोदन गरेको छ । अनुमोदन भएका सञ्चालक समितिको अध्यक्षमा भवानी प्रसाद दंगाल, उपाध्यक्षमा पृथ्वी ओली, सचिव विश्वेश्वरप्रसाद लामिछाने, सदस्य कविता बुढाथोकी, तुलसीराम गौतम, राजेन्द्र गौतम, सशिता राई, कृष्णप्रसाद पोखरेल र प्रतिमा कार्की रहेका छन् भने लेखा समितिको सयोजकमा कृष्णराज कटवाल, सदस्य सोमनाथ नेपाल र पुजनकुमारी आचार्य रहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

संस्था एकीकरण पछि साविक विकल्प उपभोक्ता सहकारी संस्थाका ११ जना सञ्चालक समिति सदस्य र ३ जना लेखा समिति सदस्यलाई सम्मान समेत गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सहकारी संस्था एकीकरण पछि संस्थामा संस्थाको शेयर पूँजी ६ करोड ८० लाख रहेको, आम्दानी ५ करोड ४९ लाख , खर्च ४ करोड ९९ लाख र ८१ करोड ६३ लाख को वासलात रहेको संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति भवानी प्रसाद दंगालले एकीकृत साधारणसभाको प्रतिवेदनमा प्रस्तुत गरेका छन् । एकीकृत सहकारीको शेयर सदस्य ९ हजार ३ सय ६७ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ अध्यक्ष मीनराज कडेलले पानसमा दियो बालेर संस्थाको उद्घाटन गर्दै सरकारले घोषणा गरे अनुसार समृद्ध नेपाल र सुखि नेपाली भन्ने मुल नारालाई साकार पार्न सहकारी संस्थाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए । विश्वका विकसित मुलुकको अर्थ तन्त्र बजबुत बनाउन सहकारीले पुर्याएको योगदानलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने प्रमुख अतिथि कडेलले धारणा राखे ।
संस्थाको हालसम्म १५ वटा सेवाकेन्द्र रहेको र एकीकरण पछि गौरादहमा १६ औ सेवा केन्द्रको रूपमा कार्यलय सञ्चालन गरिने जनाईएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

त्यस अवसरमा कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश पोख्रेल, शुभलक्ष्मी सहकारी संस्थाका सचिव राजु घिमिरे, पुर्व नेपाल वहुउदेश्य सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा र गौरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भोजराज दाहाल, गोपाल काफ्लेलगायतले शुभकामना राखेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया