Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १७ माघ । गौरादह उद्योग वाणिज्य संघको निर्वाचन माघ २५ गते शनिवार हुने भएको छ । निर्वाचन समितिले आज शुक्रबार निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो ।

प्रकाशित कार्यक्रम अनुसार आज नै मतदाता नामावली समेत प्रकाशन गरिएको निर्वाचन समितिका संयोजक बाबुराम भण्डारीले बताए । भण्डारीका अनुसार संस्थाको विधान अनुसार प्रक्रिया पूरा भएका स्थायी लेखा नम्बर सहितका मतदाताहरु १ हजार ४३ जना रहेका छन् ।

उनका अनुसार थप १७५ जना ब्यवसायीले भने संस्थामा नविकरण गराए पनि स्थायी लेखा नम्बर पेश गरेका छैनन् । कार्य समितिको निर्णय अनुसार स्थायी लेखा नम्बर पेश गर्न छुटेका ब्यवसायीले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने दिन सम्ममा प्रमाण पेश गर्नु पर्ने छ ।

छुटेका ब्यवसायीले स्थायी लेखा नम्बरको प्रतिलिपि प्रमाण कार्यलयमा पेश गरेमा अन्तिम मतदाता नामावली प्रकाशन गर्दा नाम समाबेश गरिने निर्वाचन समितिको निर्वाचन कार्यक्रममा उल्लेख गरिएको छ ।

गौरादह उद्योग वाणिज्य संघको बिधान अनुसार निर्वाचनमा स्थायी लेखा नम्बर भएका ब्यवसायी मात्र मतदाता हुन पाउने छन् ।

निर्वाचन कार्यक्रम बिस्तृतमा पढ्नुहोस् –

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया