Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

गौरादह, १६ माघ । गौरादहको न्यू पब्लिक कृषि सहकारी संस्था नवनिर्मित आफ्नै भवनमा सरेको छ । श्री पञ्चमीको शुभ अवसर पारेर आज बिहिबारबाट सहकारी आफ्नै भवनमा सरेको हो ।

झापा जिल्लाको गौरादह नगरपालिका २ बजार, हाँसखोरा लाइनमा नवनिर्मित सो भवनको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहा र संस्थाका जेष्ठ सदस्य कर्णबहादुर कट्वालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सम्पूर्ण सेवा सुरु गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

ब्यवसायिक प्रयोजनमा अगाडिका सटर भाडामा लगाउने गरी आठ वटा कोठा भएको भवन निर्माणमा करिब ४५ लाख रुपैयाँ खर्च भएको सहकारीका ब्यवस्थापक सोभित कार्कीले जानकारी दिए । चार वर्षअघि खरिद गरिएको ४ सय ४५ बर्ग मिटर क्षेत्रफलको जग्गामा सहकारीले नयाँ भवन निर्माण गरेको हो ।

६ बर्ष अघि २०७० सालमा स्थापित सो सहकारीको हाल सम्म कुल शेयर पुँजी २ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ भने ६ करोड २९ लाख ३१ हजार ९ सय ३८ रुपयाँ शेयर सदस्यहरुमा लगानी रहेको ब्यवस्थापक कार्कीले बताए ।

स्थापनाको छोटो अवधीमै सहकारी आफ्नै भवनमा कारोबार गर्न सफल हुनु सुखद पक्ष रहेको र यसले शेयर सदस्यहरुमा उर्जा र विश्वसनियता बढेको सहकारीका अध्यक्ष भुपालराज कट्वालले बताए । सो कार्यक्रममा गौरादह नगरपालिका वार्ड नं २ का वार्ड अध्यक्ष हेमन्त कार्की, समिति पदाधिकारी, उपसमितिहरु तथा शेय सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया