Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, १४ माघ । दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको काम अघि बढाइने भएको छ । पाइपलाइन निर्माणका लागि भारत सहमत भएपछि विभिन्न चरणमा छलफल सुरु भएको हो । नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपले पाइपलाइन सम्बन्धमा दुई चरणमा छलफल गरिसकेको छ । पहिलो छलफल भारतमा पुस २७ र २८ गते भएको थियो भने दोस्रो छलफल काठमाडौँमा यसैसाता सम्पन्न भएको छ ।

दुई चरणको छलफलपश्चात् भारतको सिलगुढीदेखि पूर्वी नेपालको झापासम्म पाइपलाइन ल्याउन भारत सहमत भएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ज्वाइन्ट वर्किङ ग्रुपको काठमाडौँमा सम्पन्न सचिवस्तरीय बैठकमा यो सहमति भएको हो । निर्माणको मोडालिटी भने फाइनल भइनसकेको पौडेको भनाइ छ । उहाँले भन्नुभयो, “दोसो अन्तरदेशीय पाइपलाइन निर्माणका लागि भारत सहमत छ, हामी पनि सहमत छौँ, निर्माणको मोडालिटीका बारेमा थप छलफल भएपछि डीपीआर तयार गर्नतिर लाग्छौँ, हामी छिट्टै कामको टुङ्गोमा पुग्छौँ ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन ल्याइने छ । जसको दूरी करिब ३७ किलोमिटर हुनेछ । पाइपलाइनको सम्भाव्यता अध्ययन गर्न निगमले इन्डियन आयल कर्पोरेसनसमक्ष एक महिनाभित्रमा लिखित प्रस्ताव पेस गर्नेछ । पहिलो चरणमा पाइपलाइन सिलगढीबाट झापाको चारआलीसम्म ल्याइने छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया