Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

के हो समपूरक र विशेष अनुदान ?

डण्डिराज घिमिरे, १५ पुस, झापा । स्थानीय तहले प्रत्येक बर्ष संघबाट पाउने समपुरक अनुदान र विशेष अनुदानको बजेट चालु आर्थिक बर्षमा गौरादह नगरपालिकाले नपाउने भएको छ ।

प्रधानमन्त्रीको निर्वाचन क्षेत्र भित्रको स्थानीय तहमा संघबाट प्राप्त गर्ने समपूरक अनुदान र विशेष अनुदानको बजेट किन परेन ? संघले तोकेको कार्यविधि र समय सिमा भित्र रहेर स्थानीय तहले कार्यक्रमको माग नगरेर हो वा गत बर्षहरुको कार्यसम्पादन मुल्याँकन राम्रो नभएर हो ? गौरादहका नागरिकमा चासो र चिन्ताको बढेकोे छ ।

नेपाल सरकार राष्ट्रिय योजना आयोगले चालू आर्थिक बर्ष २०७६।०७७मा समपुरक अनुदान मार्फत स्थानीय तहबाट कार्यन्वयन गर्न देशै भरिबाट छानिएका कार्यक्रम तथा आयोजनाहरु सार्बजनिक गरिसकेको छ । कार्यक्रम तथा आयोजनाहरुको विवरणमा गौरादह नगरपालिकाका कुनैपनि आयोजनाहरु परेका छैनन् ।

त्यसैगरी चालू आर्थिक बर्षकै लागि राष्ट्रिय योजना आयोगले विशेष अनुदान मार्फत कार्यनयन गर्न छानिएका कार्यक्रम तथा आयोजनामा समेत गौरादह नगरपालिकाका योजना छनौट भएका छैनन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
झापाका स्थानीय तहमा समपूरक अनुदानको झलक

 

समपुरक अनुदानबाट झापाका अन्य स्थानीय तहका १४ वटा आयोजनाका लागि कुल १६ करोड १९ लाख बजेट बिनियोजन भएको छ । गौरादहको छिमेकी पालिका कमल गाउँपालिकाको लागि समपुरक बजेटबाट अलग अलग तीन वटा योजनामा २ करोड ७२ लाख रकम बिनियोजन भएको छ । त्यसैगरी गौरीगन्ज गाउँपालिकाले पेश गरेको योजनामा पनि ४४ लाख रुपैयाँ रकम बिनियोजन भएको छ ।

विशेष अनुदान मार्फत स्थानीय तहबाट कार्यन्वयन गर्न झापाबाट छानिएका कार्यक्रम तथा आयोजनाहरुको लागि कुल १८ करोड ८५ लाख रकम बिनियोजन भएको छ । विशेष अनुदान अन्तर्गत झापामा शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोरमैला ब्यवस्थापन, समावेशी तथा मूलप्रवाहीकरण लगाएतका शीर्षकमा बजेट बिनियोजन भएको हो ।

तर बिशेष अनुदानमा समेत गौरादह नगरपालिकाका कुनैपनि आयोजना तथा कार्यक्रम समाबेश छैनन् । राष्ट्रिय योजना आयोग मार्फत केन्द्र सरकारले समपुरक अनुदान तथा विशेष अनुदान सबै प्रदेश र सबै स्थानीय तहमा बितरण गर्ने गरेको छ ।

चालु आर्थिक बर्षमा संघबाट प्राप्तहुने अनुदानको बजेटमा गौरादह नगरपालिकाका कुनैपनि आयोजना तथा कार्यक्रमहरु नपर्नुको कारण बारे नगर प्रमुनख रोहित कुमार शाहा भन्छन् गौरादहले विकासका आयोजना तथा कार्यक्रमहरु समपुरक अनुदान र विशेष अनुदान दुबैमा पेश गर्ने भनेर निर्णय गरेको हो तर किन परेन भन्ने बारेमा खोजी गरिने र पुनः माग गरिने छ । आफुले कार्यविधिअनुसार बजेट माग गर्न क्रार्यक्रम पेश गर्न निर्देशन गरेको हो तर प्राविधिक शाखा तथा कर्मचारीहरुले समयमा नपठाएर पनि हुन सक्छ भन्दै उनी पन्छिए

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाका अनुसार सो बजेट माग गर्न समय सिमा भन्दा ढिला भएकाले कार्यक्रमहरु नपरेको बताए । प्रशाशनिक कारणले ढिलासुस्ती हुन नदिने गरी अबका दिनमा कार्यसम्पादनमा विशेष ध्यान दिन आवस्यक रहेको उनले थपे ।

यस सम्बन्धमा नेपाल कम्युनिट पाटी गौरादहका अध्यक्ष मित्रदेव काफ्लेले भने सुरुवातका दिनदेखि नै आन्तरिक कलह, ढिलासुस्ती र अपारदर्शीतामा पटक पटक विवादमा आएको नगर प्रमुख रोहित शाहा नेतृत्वको नगर कार्यपालिकाको असक्षमता र कमजोरी हो, नैतिकताका आधारमा समपुरक अनुदान र विशषे अनुदान नआउनुको सम्पूर्ण जिम्मेवार नगर प्रमुख शाहा नै हुन् । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले यस्ता विषयमा समयमै सचेत र सक्रिय बन्नु पर्ने साथै नियमिति बैठक तथा छलफलहरुमा छलछाम र ढिलासुस्ती हुनु नहुनेमा काफ्लेले जोड दिए ।

यसरी अनुदान रोकिदा नगरको विकासमा अवरोध पुग्नुका साथै नगरपालिकाको कार्यसम्पादन मूल्याँकनका सुचक समेत कमजोर हुने छन् । आउँदो आर्थिक बर्षहरुमा समेत केन्द्रबाट प्रप्तहुने बजेट तथा अनुदानमा नकरात्मक असर पर्नसक्छ ।

के हो समपूरक र विशेष अनुदान ?

समपूरक अनुदान भनेको निश्चित आयोजना वा विकास कार्यक्रमका निम्ति दिइने अनुदान हो । यसमा स्थानीय तह वा प्रदेशले यति रकम हामीसँग उपलब्ध छ । अब यति रकम केन्द्रले उपलब्ध गराइदेओस् भन्ने निवेदन गर्न सक्छन् । यसरी पूरकका रूपमा वा काउन्टरपार्ट फन्डका रूपमा उपलब्ध गराइने अनुदाननै समपूरक अनुदान हो ।

विशेष अनुदान भनेको विशेष कार्यक्रम सञ्चालनका लागि दिइने हो। उदाहरणका लागि अहिले भद्रपूर नगरपालिकाका लागि समावेशी तथा मूल प्रवाहीकरण विशेष कार्यक्रम वा दलितका लागि विशेष कार्यक्रम हुन सक्छ । विशेष क्षेत्र, कार्यक्रम वा आयोजनालाई हेर्नका निम्ति यो विशेष अनुदान राखिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले प्रदेश र स्थानीय तहका लागि वित्तीय समानीकरण, शशर्त, समपूरक र विशेष अनुदान उपलब्ध गराउनु पर्छ । संघीय सरकारले कार्यविधिमार्फत समपूरक र विशेष अनुदानमा अंकुश समेत लगाएको छ । तोकिएको समयमा उद्देश्य अनुरुप काम नगरेमा प्रयोजन अनुसारको अनुदान रकम आगामी आर्थिक वर्ष कट्टा वा रोक्का गर्न सक्ने कार्यविधिमा उल्लेख छ । यस्तै सुधार गरेको खण्डमा फुकुवा गर्न सक्ने कार्यविधिमा बताइएको छ ।

 

तपाईको प्रतिक्रिया