Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, ९ पुष । देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ। सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन्। यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन्।

महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ। सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २०७५/७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो। महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको छ। केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन्।

२०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सुत्र लागू गने निर्णय गरेका थियो। ‘सुत्र’ ले काम नगरेको जानकारी सबै स्थानीय तह र प्रदेश सरकारलाई गराइसकेको उनले बताए। महालेखा नियन्त्रक गोपीनाथ मैनालीले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र लेखेर जानकारी गराइसकेको बताए।
उनले सुत्र सञ्चालन गर्न प्राविधिक टोली परिचालन गरिसकेको जानकारी दिए। सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले ‘सुत्र ह्याक’ बारे अनुसन्धान भइरहेको बताए। मलेनिकाबाट आइतबार चिठी आएपछि अनुसन्धान अधिकृतको टोली खटाइएको उनले जानकारी दिए।

‘देश तथा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सञ्चित कोष सञ्चालन, व्यवस्थापन र प्रतिवेदन प्रणालीमा एकरूपता कायम हुने सुत्र एप्लिकेसन सहयोग केन्द्रका टिम लिडर शैलेशप्रसाद भट्टराईले बताए। हरेक स्थानीय तहले ७ लाखदेखि ४० लाखसम्म खर्च गरेर सुत्र सिस्टम जोडेका थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी उपसचिव जीवलाल भुसालले अनुगमन संयन्त्र नहुँदा सिस्टम प्रभावित भएको बताए। उनले मन्त्रालयसँग ‘लिंक अप’ नै नरहेको बताए। स्थानीय तहमा लेखा प्रशासनसम्बन्धी जनशक्ति अभाव र कामको अधिक चापले पनि समस्या  उत्पन्न गरेको उनको भनाइ छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments