गौरीगंज, ८ कार्तिक । राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगंजले दोस्रो साधारणसभा सम्पन्न गरेको छ। गौरीगंज गाउ पालिका वडा नं ६ को सभाहलमा सम्पन्न साधारणसभामा संस्थाकि अध्यक्ष कार्यक्रमकि सभापति फुलवति राजवंशीले संस्थाको वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेकि थिईन । अध्यक्ष राजवंशीले संस्थाको ९ लाख १२ हजार ७ सय ४५ प्राप्ति भुक्तानी रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन।
संस्थाको दोस्रो साधारणसभाको अवसरमा ग्रामिण क्षेत्रमा रहि संस्थाले गरेका कामलाई सन्चारको माध्यमबाट प्रचारप्रसार गरि सहयोग गरेवापत कोचिला न्युजका सम्पादक आत्माराम राजवंशीलाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो।

सोहि कार्यक्रममा संस्थालाई सहयोग गरेवापत गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, संस्थाका सल्लाहकार संयोजक वसन्त लक्ष्मी उदास,ग्रामिण तथा सहरी विकाश उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ तथा पुन्य संग्रौला, संस्थाले संचालन गरेको लैंगिक हिंसा न्युनिकरण कार्यक्रममा कला प्रस्तुत गर्ने तिला मूर्मू, अन्जु ठाकुर,मंगली किस्कु र यम कुमारी सिलवाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।गाउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय महिला सशक्तीकरण संस्थाले गरेका कामको सफलताको शुभकामना व्यक्त गरेका थिए।
साधारणसभामा वडा नं.१ का वडाध्यक्ष कार्तिक लाल राजवंशी,वडा नं.२ का वडाध्यक्ष अधनु प्रसाद राजवंशी,वडा नं. ५ का वडा अध्यक्ष बिजय प्रसाद सिंह गन्गाई, वडा नं. ६ कि वडा सदस्य राधा अधिकारी, ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख गणेश भट्टराई, संस्थाकि गौरादह अध्यक्ष भरिपूर्ण राई, लगायतले शुभकामना मन्तब्य राखेका थिए






