Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

गौरादह, २ कार्तिक । सहरीकरणको बिकास भएसँगै ग्रामिण क्षेत्रका बजारहरुमा समेत बैंकहरुले शाखा विस्तार गरि सेवा दिन थालेका छन। ग्रामिण क्षेत्रहरुमा सहकारी तथा बितिय संस्थाहरु संचालन भई आर्थिक कारोवार गर्दै आएका थिए। गौरादह नगरपालिका वडा नं -५ र कमल गाउपालिका वडा नं -७ मा बन्न लागेको नेपाल चाईना फ्रेन्डसिप औधोगिक पार्कलाई समेत लक्षित गौरादह नगरपालिका वडा नं -५ को स्कुलचौन बजारमा (क) बर्गको माछापुच्छ्रे बैंकले सेवा बिस्तार गरेको छ ।

यस अघि त्यस क्षेत्रका स्थानीय बासिहरुले बैंकिङ सेवा लिन करिब ३ किलोमिटर धाएर गौरादह आउनु पर्दथ्यो । बैंकले १ सय ३१ औ शाखारहित बैकिङ सेवाको रुपमा स्कुलचौनमा उद्धाटन गरिएको छ।

स्कुलचौन बजारमा एक कार्यक्रमका बिच संविधान सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक कार्कीले बैंकको उद्घाटन गरे। उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले ग्रामिण क्षेत्रमा सहकारी संस्थाहरुले आर्थिक कारोवार गर्दै आएकोमा बैङकिङ सेवा आवश्यक रहेको धारणा राखे । स्थानीयबासिहरुले बैंकलाई सहयोग गर्न र भरपुर रुपमा बैंकिङ सेवालाई सदुपयोग गर्न अनुरोध गरेका छन् । सुरुवातमा शाखा रहित बैंकिङ सेवाको रुपमा स्थापना भएपनि निकट भविश्यमा शाखाको रुपमा सेवा प्रदान गर्ने संस्थाको रुपमा स्तरोन्नति गर्न समेत आग्रह गरेका छन् ।

बैंकले २ सय ७० स्थानमा ७ लाख भन्दा बढि ग्राहकहरुमा बैकिङ सेवा दिएको संस्थाले मुलुकको सातै प्रदेशमा १ सय ४१ शाखा, १ सय ३१ वटा शाखारहित सेवा र १ सय ६३ वटा एटिएमहरु संचालन गरिरहेको बैकका प्रदेश नं (१ का प्रमुख अजय आचार्यले जानकारी गराए । माछापुच्छ्रे बैंकका एजेन्सी मेनेजर रमेश भट्टराईले स्कुलचौनमा संचालन भएको शाखारहित बैकिङ सेवाले खाता खोल्ने, रकम डिपोजिट र निकासा, ऋण लगानीको प्रक्रिया र रेमिट्यान्सहरुको भुक्तानी लगायतको सेवा पाउने जानकारी गराए ।

एजेन्सी मेनेजर रमेश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं (५ का वडा अध्यक्ष छत्रपति सुवेदी, नेपाल चाईना फ्रेन्डसिप औधोगिक पार्क सचिब हुकुम सिंह नेपाली, नेकपा नगर अध्यक्ष मित्रदेब काफ्ले, राप्रपा नगर अध्यक्ष शान्ति राम पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । बैंकका दमक शाखा प्रमुख हिमाल रिजालले स्वागत मन्तव्य राखेको कार्यक्रममा बैंकका प्रदेश नं (१ उपप्रमुख मुकेश थापाले कार्यक्रम संचालन गरेका थिए।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments